संक्षिप्त परिचय
आधुनिकता र सभ्यताको नाममा एकले अर्कोलाई उछिनेर मानवले मानवलाई पछि पार्ने र एकले अर्कोलाई वास्ता नगरी आफ्नो मात्र भलाईका लागि काम गरिरहेको यो बदलिंदो र असन्तुलित सामाजिक परिबेशमा यस संसारको सर्ब श्रेष्ठ प्राणीको हैसियतले यो जीवन र जगत हितको लागि हामीले आफ्नो असल चरित्र निर्माण गर्दै सफल एवम् नमूना जीवनका लागिआफू र अरुहरुका लागि पनि केहि न केहि उल्लेखनिय कार्य गरेर अरुको जीवन पनि सरल, सहज र सुदृढ गर्न कुनै पनि प्रलोभनवाट पर रही खुशीमनले आफूले जो सकेको सहयोग गर्दै आफू, आफ्नो घर–परिवार, समूह तथा समुदाय र राष्ट्रका लागि केहि गरी सिङ्गो विश्व समुदायका लागि पनि नमूना बन्न संकल्पित व्यक्तिहरुको सक्रियताबाट जीवन र जगत रुपान्तरणका लागि दुढ संकल्प भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै वि. सं. २०६७ साल बैशाख २९ गते तदनुसार ई.सं. २०१० मे १२ का दिन गोरखा जिल्ला प्रशाासन कार्यालयमा दर्ता भई स्थापित एक गैर–सरकारी सामाजिक संस्था हो संकल्प, गोरखा ।

परिकल्पना (Vision)
सभ्य र सम्बृद्ध जीवन, सुन्दर संसार (Civilized and prosperous life of better world)

ध्येय (Mission)
विभिन्न जनसमुदाय र तिनिहरुका निकायहरुसंग सहकार्य गर्दै दृढ–संकल्प र अठोटहरुको कार्यान्वयनद्वारा सभ्य र सम्बृद्ध जीवनका साथै सुन्दर संसारको दिगो रुपान्तरण । (To work with people and their organizations for sustainable transformation of life and world through action with strong resolution and commitments)
लक्ष्य (Goal)
जीवन र जगतलाई अझै सरल, सभ्य, समृद्ध र सुखी एवम् खुशी बनाउन दृढ–संकल्प र प्रतिवद्धताहरुकोे कार्यान्वयनमा जनसमुदाय र तिनिहरुका निकायहरुलाई सहजीकरण (To facilitate people, community and their organization for civilized, prosperous and happy life and for better world through action with strong resolution and commitments)
रणनीति (Strategies)
- स्व तथा आपसी सहयोग र सहकार्य ।
- सचेतना, उत्प्रेरणा र दृढ–संकल्प तथा अठोटहरुका लागि तालिम तथा गोष्ठि र त्यसको सफल एवम् प्रभावकारी कार्यान्वयनमा सहजीकरण ।
- सहकार्य र साझेदारीमा विभिन्न किसिमका अनुसन्धनात्मक तथा सेवा र विकासमुलक तथा आयमुलक एवम् जीविकोपार्जन र जीवन स्तर उकास्नका लागि स्थानीय सहभागितामा वास्तविक आवश्यकतामा आधातरित विभिन्न कार्यक्रमहरु
संस्थाको कार्य क्षेत्र
यस संस्थाको कार्य क्षेत्र शुरुमा गोरखा जिल्लाको गोरखा नगरपालिका र यस आसपासका विभिन्न गाउँपालिकाहरु र नगरपालिकाहरु हुनेछन् । आवश्यकता अनुसार सम्बन्धीत जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपालको कुनै पनि जिल्लामा कार्य क्षेत्र विस्तार गर्न सकिने छ ।
सदस्यता र सदस्यता प्रदान गर्ने विधि
साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रबेश शुल्क बापत रु. १,०००/– (एक हजार रुपैयाँ) र बार्षिक सदस्यता शुल्क बापत रु. १,०००/– (एक हजार रुपैयाँ) बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समतिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सक्ने छ । त्यस्ता साधारण सदस्यले बार्षिक नविकरण शुल्क रु. १,०००/– (एक हजार रुपैयाँ) बुझाइ हरेक बर्ष बार्षिक सदस्यता नविकरण गर्नु पर्नेछ । संस्थामा एक मुष्ट रु. १,००,०००/– (एक लाख रुपैयाँ) वा सो रकम बराबरको जायजेथा बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिहरुलाई कार्य समितिको निर्णयले यो संस्थाको आजीवन सदस्यता प्रदान गर्न सक्ने छ ।