About Us

“जीवन र जगत रुपान्तरणका लागि दृढ संकल्प”

"Strong commitments for transformation of our life and the world".

आधुनिकता र सभ्यताको नाममा एकले अर्कोलाई उछिनेर मानवले मानवलाई पछि पार्ने र एकले अर्कोलाई वास्ता नगरी आफ्नो मात्र भलाईका लागि काम गरिरहेको यो बदलिंदो र असन्तुलित सामाजिक परिबेशमा यस संसारको सर्बश्रेष्ठ प्राणीको हैसियतले यो जीवन र जगत हितको लागि हामीले आफ्नो असल चरित्र निर्माण गर्दै सफल एवम् नमूना जीवनका लागि आफू र अरुहरुका लागि पनि केहि न केहि उल्लेखनिय कार्य गरेर अरुको जीवन पनि सरल, सहज र सुदृढ गर्न कुनै पनि प्रलोभनवाट पर रही खुशीमनले आफूले जो सकेको सहयोग गर्दै आफू, आफ्नो घर–परिवार, समूह तथा समुदाय र राष्ट्रका लागि केहि गरी सिङ्गो विश्व समुदायका लागि पनि नमूना बन्न संकल्पित व्यक्तिहरुको सक्रियताबाट जीवन र जगत रुपान्तरणका लागि दुढ संकल्प भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै संस्था दर्ता ऐन २०३४ को अधिनमा रही वि. सं. २०६७ साल बैशाख २९ गते तदनुसार ई.सं. २०१० मे १२ का दिन गोरखा जिल्ला प्रशाासन कार्यालयमा दर्ता भई स्थापित एक गैर–सरकारी सामाजिक संस्था हो संकल्प, गोरखा ।