संस्थाका मुख्य उद्देश्यहरु (Objectives)
क. हरेक व्यक्ति, घर–परिवार, समूह तथा समुदायहरु र तिनिहरुका विभिन्न निकायहरुलाई सचेत बनाउँदै जीवनको महत्वको आत्मानुभूति गर्दै आत्म सुद्धिकरण गरी जीवन र जगत हितका लागि फरक, आदर्श र नमूना जीवन जीउन सुसूचित गरी सशक्त बनाउन सहयोग गर्ने ।
ख. व्यक्ति, घर–पविार, समूह तथा समुदाय र संघ संस्थाहरुको सर्वाङ्गिण विकासमा टेवा पु¥याउने विभिन्न किसिमका मानविय एवम् सामाजिक कार्यहरु गर्ने र अरुहरुलाई पनि त्यस्ता कार्यहरु गर्न हरदम उत्सादित गर्दै जाने ।
ग. समुदायको आवश्यकता र चाहना अनुसार काकार्यहरु जस्तैः कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, सुशासन र सुदृढ व्यवस्थापन, पर्यावरण सन्तुलन, वातावरण संरक्षण, मानविय मूल्य–मान्यता र मानव अधिकार, मानविय क्षमता विकास तथा संस्थागत विकाससंग सम्बन्धी विभिन्न तालिम, अनुसन्धान, परामर्श तथा अन्य सेवामुलक कार्यहरुको माध्यमबाट थप सुदृढ जीवन शैली र सो अनुसारका विभिन्न अवसरहरुबाट जीवन स्तर सुधारको अवस्था सृजना गराउन मद्दत गर्ने ।
घ. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी वा गैह्र–सरकारी, सहकारी तथा निजी संघ संस्थाहरुसंग जानकारी, अनुभव तथा अन्य सहयोग आदान प्रदान गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने साथै एउटा स्वच्छ र बलियो जनहितकारी सामाजिक संस्थाको रुपमा विकास गर्दै लैजाने ।