Programs

संस्थाका मुख्य कार्यक्रमहरु

संकल्प, गोरखाले हालसम्म गरेका मुख्य कार्यहरु : 

हामीले गर्ने खर्चबाट केहि बचत गर्ने वा आफ्नो आम्दानीको केहि रकम बचाएर समस्या परेका बेला कसैलाई सहयोग गर्ने, आफू पनि असल बन्ने र अरूलाई पनि असल बन्न सहयोग गर्ने संकल्प गरेका व्यक्तिहरू मिलेर यो संस्थाको सुरूवात गरेका हौं । अहिलेसम्म संकल्प, गोरखाले गरेका मुख्य कार्यहरू निम्नानुसार रहेकाछन् ।

  1. विभिन्न स्तरमा संकल्प शिक्षा तालिम सञ्चालन
  2. भूकम्प, बाढिपिडित तथा कोरोना आदिको अवस्थामा पूर्ब प्राथमिक मनोसामाजिक परामर्श तालिम तथा सेवा सञ्चालन र आर्थिक तथ राहत सहयोग
  3. गरीब तथा जेहन्दार बिद्यार्थीहरुका लागि शैक्षिक सहयोग
  4. भौतिक सामाग्रीहरुको अतिनै अभाव भएका बिद्यालयहरुलाई सामान्य शैक्षिक तथा भौतिक सामग्रीहरु सहयोग
  5. मानव कल्याण तथा मानविय सहयोगहरु
  6. गरीब तथा कठिन अवस्थाका महिला र बालबालिकाहरुको क्षेत्रमा काम गर्ने ब्यक्ति तथा संघ–संस्थाहरुलाई सहयोग र सम्मान
  7. अपाङ्ग तथा दृष्टिबिहिनहरुको क्षेत्रमा काम गर्ने ब्यक्ति तथा संघ–संस्थाहरुलाई सहयोग र सम्मान
  8. संकल्प, गोरखालाई सहयोग गर्ने उत्कृट निकाय तथा व्यक्तिहरुलाई सम्मान
  9. संकल्प शिक्षा सम्बन्धि पुस्तक तथा पत्र–पत्रिका र लेख प्रकाशन
  10. राष्ट्रिय स्तरका स्रष्टाहरुको सम्मान
  11. जेष्ठ नागरिकहरुको सहयोग तथा सम्मान
  12. संकल्प, गोरखाको लक्ष्य तथा उद्देश्यसंग मिल्ने संघ–संस्था तथा कार्यक्रमहरुसंग सहकार्य
  13. ताकुकोट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्र, वारपाक सुलिकोट–६, गोरखालाई भवन निर्माणको लागि आर्थिक सहयोग
  14. मानव सेवा आश्रम गोरखाको भवन निर्माणको लागि सामान्य आर्थिक सहयोग
  15. कोभिड–१९ को बेला वारपाक सुलिकोट गा.पा.गोरखाको प्रकोप व्यवस्थापन सहयोग कोषमा सामान्य आर्थिक सहयोग
  16. एकका लागि एक अक्सिजन सिलिण्डर सहयोग अभियानका लागि साहारा साकोस, झापाको लागि एक अक्सिजन सिलिण्डर बराबरको आर्थिक सहयोग
  17. विभिन्न धार्मिक तथा सांस्कृतिक पर्ब संरक्षण र सम्बर्धनका लागि सामान्य आर्थिक सहयोग, इत्यादि ।